बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
काठमाडौँ । पुराना राजनीतिक दलहरूलाई निर्वाचनबाट नै परास्त गर्ने गरी नयाँ र वैकल्पिक शक्तिहरूले छलफल सुरु गरेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा, उज्यालो नेपाल अभियानका नेताहरूसँग भट्टराईले छलफल गरेका हुन् ।
बिहीबार बिहान नयाँ बानेश्वरमा भएको छलफलमा भट्टराईले जेनजी विद्रोहका कारण दुलामा लुकेका पुराना भ्रष्ट नेताहरूले फेरि टाउको उठाउने प्रयास गरेको भन्दै उनीहरूलाई निर्वाचनबाटै परास्त गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी भएका सुदन किरातीले जानकारी दिए ।
उनले भने ‘बाबुराम भट्टराईको अग्रसरतामा पुराना भ्रष्ट शक्तिहरूलाई कसरी परास्त गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भयो । जेनजी विद्रोहपछि पुराना भ्रष्ट शक्तिहरू रूपान्तरित हुनुभन्दा अझै हुँकार गर्न थालेका छन् । जेनजी विद्रोह सामान्यकरण हुँदै गयो । भ्रष्ट दलहरूलाई निर्वाचनबाट नै पराजित गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो’ ।
भट्टराईले जनतामा बढ्दै गएको निराशालाई चिर्न नसकिए देशमा झन् ठुलो खतरा बढ्न सक्नेतर्फ नेताहरूलाई सचेत गराएका थिए । उनले भने–‘झिना मसिना स्वार्थ छोडेर सम्पूर्ण नयाँ शक्ति एक ठाउँमा आएर निर्वाचनमा जानुपर्छ । जनतामा देखिएका व्याप्त निराशालाई अन्त्य गर्न नसकिए देश झन् ठुलो खतरामा पर्नसक्छ ।’
भट्टराईको प्रस्तावलाई सहभागी सबैले सकारात्मक रूपमा लिएको र आगामी दिनमा छलफललाई निरन्तरता दिनेगरी बिट मारेको किराँतीले बताए । छलफलमा भट्टराई सहित रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा, सुदन किराँती, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा लगायत नेताहरू सहभागी थिए । छलफल सकिएलगत्तै नेसपा नयाँ शक्तिले जेनजीका प्रतिनिधिहरूसँग समेत छलफल गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्