Techie IT
  • २० कात्तिक २०८२, बुधबार
KhojPatrika

समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल


काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन ।

यो एकतालाई आत्मसमिक्षा र सुधारको अवसरको रूपमा लिन उहाँले सबैमा आग्रह समेत गरे । उनले विगतमा भएका कमी कमजोरीहरुको आत्मसमिक्षा गर्दै नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने पनि बताए । उनले विगतमा भएका कम्युनिष्ट एकतालाई स्मरण पनि गरे ।

उनले मुलुकलाई सबै प्रकारका संकटबाट मुक्त गर्ने सवालमा कम्युनिष्ट पार्टीको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँले त्यसको शुरुवात आजदेखि सुरु भएको जिकिर गरे ।

उनले भने, ‘आजको एकता हाम्रो कमजोरी कहाँ भयो ? हामी कहाँ चुक्यौं ? भन्ने कुराको आत्मसमिक्षा गर्ने ऐतिहासिक अवसर पनि हो । हामीले समिक्षा गरेका छौं । हामी समिक्षा गर्दै जानेछौं । त्यसकारण यो असाधारण एकता र ऐतिहासिक दिनमा हामीले यो संकल्प लिएका छौं ।

हामीले हाम्रै भूमि र हाम्रै विषेशतामा समाजवाद निर्माण गर्ने हो । हाम्रो एकता वार्ता चलेपछि मैले वामदेवजीलाई भनेको थिएँ– समाजवादसम्बन्धी पुस्तक दिनुभएको थियो । आन्दोलनको क्रममा जल्यो अर्को किताव दिनुहोस् । अहिले समाजवादको प्रश्न गर्नुभयो । तपाई के गर्नुहुन्छ ? तपाई पनि नेता हो नि ? समाजवाद निर्माणको जिम्मा वामदेवजीलाई नै दिने सोच्दैछु ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं