Techie IT
  • २० कात्तिक २०८२, बुधबार
KhojPatrika

कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही कुरामा फरकमत भएपनि आफू सिंगो मुलुकलाई एकतावद्ध गर्नका लागि बामपन्थीहरु एकतावद्ध हुनुपर्ने अडानमा रहेका सो पार्टीको एकीकरणमा ढिलो गरेर भएपनि सहभागी भएको स्पष्टिकरण दिएका हुन । नयाँ पार्टी खोल्ने घोषणा गरेका नेता खनालले बुधबार दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रममा सहभागी भएका हुन ।

उनले आफू सिंगो मुलुकलाई एकतावद्ध बनाउने अभियान अन्तर्गत सो कार्यक्रममा सहभागी भएको स्पष्ट पारे ।

नेता खनालले भने,‘हामीले नयाँ संकल्प लिएर अघि बढनुपर्ने आवश्यक्ता छ । म केही ढिलो आएकै हो । ढिलो आउनुका केही कारणहरु छन । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु हामी त्यो कुरा मिलाउँछौ भनेर उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

त्यसकारण म त्यही विश्वासको आधारमा केही रिजर्भेशन भएपनि एकताको कुनै विकल्प छैन अहिले । त्यसकारण एकतामा बल पु¥याउनका लागि म यहाँ आएको हो कमरेडहरु । एकता वामपन्थीहरुको एकता अनि यो सिंगो राष्ट्रको एकता नेपालको एकता आजको आवश्यकता हो । त्यो एकता निर्माण गर्नका लागि आज तपाई हामीले कम्मर कस्नु परेको छ ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं