Techie IT
  • २७ असोज २०८२, सोमबार

कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन सर्‍यो


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर २८ असोजमा बोलाइएको हो ।

केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको हो ।

कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने घिमिरेले जानकारी गराए ।

बुधबारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा हिजोदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि डाकिएको थियो । हिजो र आज गरेर सबैको बोल्ने क्रम सकिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं