प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि देशमा विकास निर्माणले तीव्रता पाएको दाबी गरेका छन् ।
शनिवार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा देश ओरालो अवस्थामा लागेको भए पनि ओली प्रधानमन्त्री बनेपछि देश अगाडि बढिरहेको जिकिर गरे ।
उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षक कर्मचारीले तलब नपाउने अवस्था थियो । राजस्व घटिरहेको थियो । निर्माण व्यवसायीले काम गरेको भुक्तानी नपाउने अवस्था थियो ।
उद्योग व्यवसाय बन्द हुने अवस्थामा थियो । देश आर्थिक मन्दी र संकटको अवस्थामा थियो । तर, अहिले यो सरकार बनेपछि राजस्व बढेको छ, सरकारको खर्च गर्ने क्षमता बढेको छ । शिक्षक कर्मचारीले तलबको चिन्ता गर्नुपर्ने अवस्था छैन।’
उनले कांग्रेस र एमालेले अघि सारेको नीतिकै कारणले देशको निजी क्षेत्र उत्साहित भएको र देशमा लगानीको वातावरण बनेको जिकिर गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्