विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
काठमाडौं । विज्ञहरूले नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको औँल्याएका छन् । नेपाल–चीन कूटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषण लगायतका क्षेत्रमा गरेको उन्नतिबाट नेपालले पनि लाभ उठाउन सक्नुपर्ने बताएका हुन् ।
सो अवसरमा पूर्व परराष्ट्र मन्त्री एवम् चीनका लागि नेपालका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डेले हाल विवादमा आएको लिपुलेक प्रकरणमा प्रधानमन्त्रीले सुझबुझपूर्ण रूपमा कदम चाल्नुपर्ने बताए । उनले आफ्नो आसन्न चीन र भारत भ्रमणमा अनुकूल वातावरण बनाएर दुवै देशसँग परिणाममुखी वार्ता गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
पाण्डेले चीनका हरेक विश्वविद्यालयमा अनुसन्धानलाई उच्च प्राथमिकता दिने गरेको बताउँदै नेपालका विश्वविद्यालयलाई पनि त्यसै अनुसार अघि बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रा. डा. सुरेन्द्र केसीले नेपालको सुरक्षाको ढाडस नै चीन रहेको धारणा राखे । दुई देशीय सम्बन्धको इतिहास कोट्याउँदै उनले अंशुवर्मा, भृकुटी, अरनिको लगायतबाट जोडिएको सम्बन्ध अहिले राजनीतिक र जनस्तरमा समेत बलियो हुँदै गएको बताए । विगतमा भारतसँग भन्दा नेपालको चीनसँग सम्बन्ध राम्रो रहेको उनको दाबी थियो । उनकाअनुसार चीनलाई राष्ट्र सङ्घको सदस्य बन्न पनि नेपालको भूमिका थियो ।
क्लाउडका अध्यक्ष उप्रेतीले आर्थिक रूपमा चीन विश्वकै पहिलो शक्ति बन्ने अवस्थामा पुग्नै लाग्दा नेपाल भने झिना मसिना कुरामा अल्झनु दुःखद भएको टिप्पणी गरे । उनले कूटनैतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुग्नु आफैमा गौरवमय भएको धारणा राख्दै चीनको उन्नतिको लाभ उठाउन ढिलो गर्न नहुने धारणा राखे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्