विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनको आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् ।
विपिनको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायल प्रस्थान गरेका हुन् । उनीहरु रुदैँ विमानस्थल प्रवेश गरेका थिए ।
‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ देखि सम्पर्कमा छैनन् । हमास नेतृत्वमा रहेका लडाकुहरूले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि १० नेपाली विद्यार्थी मारिएका थिए ।
साथै, विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो । त्यसयता विपिनबारे कुनै जानकारी आएको छैन् । विपिनको उद्धारका लागि सरकारले कूटनीतिक पहल जारी राखेपनि कुनै उपलब्धी भने हासिल हुन सकेको छैन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्