स्थायी कमिटी बैठकमा सबै खाले एजेण्डामा छलफल भयोः जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पार्टीका सबैखाले एजेण्डाहरुमाथि छलफल भएको बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले सबैखाले एजेण्डाहरुमा पार्टीमा वृहत छलफल भएको बताए ।
उनले राजनीतिक, सांगठनिक सबैखाले विषयहरुमा छलफल भएको बताए । उनले भने, ‘सबै एजेण्डाहरुमा पार्टीमा गम्भीर छलफल भयो । वैचारिक, राजनीतिक सांगठनिक, विधि सबैमा छलफल भए ।
छलफलको उच्च निष्कर्ष निस्किएको छ ।’ माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तराई मधेसमा देखिएको पानीको संकटप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्