राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान रहेछः रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भिजिट भिसामार्फत भएको मानव तस्करी र भ्रष्टाचारका काण्डहरुमा सरकारको मौन रहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद शाहले यस्तो आपत्ति जनाएका हुन ।
उनले भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न सोधे । उनले भिजिट भिसा प्रकरणलाई जनताले बिर्सिने छन् भन्ने सोचेर गल्ति नगर्न समेत चेतावनी दिए । शाहले मन्त्री राजकुमार गुप्तालाई कारबाही नगरिएको भन्दै आपत्ति समेत जनाए । राजीनामा भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान भएको भन्दै उनले कटाक्ष गरे ।
उनले भने, ‘भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु । जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ति नगर्नुहोला । जनताले बिर्सने छैनन् । हामीले बिर्सन दिनेछैनौं । भ्रष्टाचारको अडियो बाहिरियो, धुस मागेको प्रमाणित भयो । अनि राजीनामा दिएपछि सबै पाप पखालियो ।
राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान पो भएछ । मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानविनको फाइल बन्द भयो । त्यही अडियो नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई चाँही किन अदृश्य शक्तिले संरक्षण दिइरहेको छ ?
के उहाँहरुका लागि यो देशमा अर्कै कानून छ सभामुख महोदय ?’ भ्रष्टाचारसम्बन्धी अडियो प्रकरणमा मुछिएका मन्त्री र पूर्वमन्त्रीहरूको संलग्नता भनिएपनि उनीहरूलाई अदृश्य शक्तिले जोगाएको आरोप लगाएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्