राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान रहेछः रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भिजिट भिसामार्फत भएको मानव तस्करी र भ्रष्टाचारका काण्डहरुमा सरकारको मौन रहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद शाहले यस्तो आपत्ति जनाएका हुन ।
उनले भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न सोधे । उनले भिजिट भिसा प्रकरणलाई जनताले बिर्सिने छन् भन्ने सोचेर गल्ति नगर्न समेत चेतावनी दिए । शाहले मन्त्री राजकुमार गुप्तालाई कारबाही नगरिएको भन्दै आपत्ति समेत जनाए । राजीनामा भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान भएको भन्दै उनले कटाक्ष गरे ।
उनले भने, ‘भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु । जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ति नगर्नुहोला । जनताले बिर्सने छैनन् । हामीले बिर्सन दिनेछैनौं । भ्रष्टाचारको अडियो बाहिरियो, धुस मागेको प्रमाणित भयो । अनि राजीनामा दिएपछि सबै पाप पखालियो ।
राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान पो भएछ । मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानविनको फाइल बन्द भयो । त्यही अडियो नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई चाँही किन अदृश्य शक्तिले संरक्षण दिइरहेको छ ?
के उहाँहरुका लागि यो देशमा अर्कै कानून छ सभामुख महोदय ?’ भ्रष्टाचारसम्बन्धी अडियो प्रकरणमा मुछिएका मन्त्री र पूर्वमन्त्रीहरूको संलग्नता भनिएपनि उनीहरूलाई अदृश्य शक्तिले जोगाएको आरोप लगाएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्