Techie IT
  • २२ साउन २०८२, बुधबार
KhojPatrika

देश र जनताको हितका लागि राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म पदयात्रा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमवार पदयात्रा गरेको छ । सोमवार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।

जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए । उनले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताए ।

यसमा कोही पनि विचलित नहुने उनको भनाइ छ । अहिलेका नेताहरुले जताततै व्रह्मलुट गरेको बताए । उनले गणतन्त्र जनताले नल्याएको बताए ।

किसानले बाली लगाइसकेपछि निर्णायक आन्दोलनमा राप्रपा होमिने उनले बताए । जनताको मुक्ति र भ्रष्टाचारीहरुलाई तह लगाउन आफूहरुले आन्दोलन गर्न लागेको बताए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं