देश र जनताको हितका लागि राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म पदयात्रा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमवार पदयात्रा गरेको छ । सोमवार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।
जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए । उनले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताए ।
यसमा कोही पनि विचलित नहुने उनको भनाइ छ । अहिलेका नेताहरुले जताततै व्रह्मलुट गरेको बताए । उनले गणतन्त्र जनताले नल्याएको बताए ।
किसानले बाली लगाइसकेपछि निर्णायक आन्दोलनमा राप्रपा होमिने उनले बताए । जनताको मुक्ति र भ्रष्टाचारीहरुलाई तह लगाउन आफूहरुले आन्दोलन गर्न लागेको बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्