पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण नगर्ने एमालेको निर्णय, विद्याको चाहनामा ब्रेक
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ ।
मंगलबार मध्यरातमा सकिएको बैठकमा एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको हो । योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा एमालेले ढोका बन्द गरिदिएको छ ।
अब पूर्वराष्ट्रपति भण्डारीसँग चूपचाप एमाले निर्णय स्वीकार्ने वा यसलाई एक हदसम्म अवज्ञा गर्ने दुई विकल्प बाँकी रहेको छ ।
एमालेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रपति एकताको प्रतीक भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।
उक्त निर्णयमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएको उनले बताए ।
त्यस्तै, बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने निर्णयले गलत नजिर बस्ने निष्कर्ष पनि निकालेको छ । प्रमुख गौतमले पूर्वराष्ट्रपति दलको कार्यकर्ता हुनु स्थापित मान्यताको विपक्षमा हुने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिए । बैठकले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय र पदाधिकारी १५ जनाको हुने निर्णय समेत गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्