आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो
काठमाडौं । साउन महिनाको पहिलो सोमबार । सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन् । सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो ।
चान्द्रमानको पात्रो (तिथिमा चल्ने) अनुसार असार ३० देखि साउने सोमबार व्रत शुरु भएको थियो । चान्द्रमानको पात्रोअनुसार श्रावण कृष्ण प्रतिपदादेखि शुक्ल पूर्णिमाको बिचमा पर्ने सोमबार व्रत लिने प्रचलन छ । सौरमानको पात्रोअनुसार साउने संक्रान्तिदेखि मासान्तसम्म पर्ने सोमबार व्रत लिने चलन छ ।
श्रद्धालुले साउनको ५, १२, १९ र २६ गते व्रत बस्न सक्नेछन् । असार ३० गते व्रत शुरु गरेकाहरूले भने सौरमासको पात्रो अब ५, १२ तथा १९ गते व्रत बस्नेछन् । दुवै प्रकारका व्रत प्रचलनमा भए पनि चान्द्रमानको पात्रोअनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिन उपयुक्त हुने धर्मशास्त्रीहरु बताउछन् ।
साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्