आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो
काठमाडौं । साउन महिनाको पहिलो सोमबार । सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन् । सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो ।
चान्द्रमानको पात्रो (तिथिमा चल्ने) अनुसार असार ३० देखि साउने सोमबार व्रत शुरु भएको थियो । चान्द्रमानको पात्रोअनुसार श्रावण कृष्ण प्रतिपदादेखि शुक्ल पूर्णिमाको बिचमा पर्ने सोमबार व्रत लिने प्रचलन छ । सौरमानको पात्रोअनुसार साउने संक्रान्तिदेखि मासान्तसम्म पर्ने सोमबार व्रत लिने चलन छ ।
श्रद्धालुले साउनको ५, १२, १९ र २६ गते व्रत बस्न सक्नेछन् । असार ३० गते व्रत शुरु गरेकाहरूले भने सौरमासको पात्रो अब ५, १२ तथा १९ गते व्रत बस्नेछन् । दुवै प्रकारका व्रत प्रचलनमा भए पनि चान्द्रमानको पात्रोअनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिन उपयुक्त हुने धर्मशास्त्रीहरु बताउछन् ।
साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्