रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वक्तव्य जारी गर्दै बाढीमा परेकाहरुको उद्धारलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
वक्तव्यमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । ‘यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, वक्तव्यमा उल्लेख छ ।
कांग्रेसले एक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनाका साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गरेको छ । प्रकोपको बेलामा सतर्क रहन नागरिकलाई पनि आग्रह गरेको छ ।
भोटेकोशीको बाढीमा परेका तीन प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य गाडी बगाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्