Techie IT
  • १७ असार २०८२, मंगलबार
KhojPatrika

नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो


काठमाडौं । नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश गरेको छ ।  सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डीसी तीन डाकोटाबाट सेवा शुरु गरेको थियो ।

निगमले हाल वाइडबडी ए ३३०(२०० सिरिजका विमानमार्फत सेवा दिँदै आएको छ । कुनै वेला सानाठूला गरी २१ वटा जहाज रहेको निगमसँग हाल अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका जहाज छन् ।

यी जहाजबाट आठ मुलुकका १० वटा गन्तव्यमा पुग्ने गरेको छ । त्यसैगरी आन्तरिकतर्फ व्यावसायिक उडानका लागि जहाज नहुँदा १९ सिट क्षमताका दुई वटा साना जहाजबाट दुर्गम भेगका विमानस्थलमा राज्यको उपस्थिति जनाइरहेको छ ।

अहिले समग्र नेपाली हवाई यातायातको अवस्था हेर्दा आन्तरिकतर्फ निगमको बजार हिस्सा ३ प्रतिशत छ भने अन्तर्राष्ट्रियतर्फ २० प्रतिशतको हाराहारीमा मात्र छ । हवाई इतिहासमा सन् १९९० को दशकलाई निगमको स्वर्णिम समय मानिन्छ ।

त्यो वेला जापानको ओसाकादेखि चीनको साङ्घाई हुँदै युरोपली मुख्य शहर लण्डन, पेरिस, फ्य्राङ्कफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमानचालक प्रशस्त थिए । त्यतिखेर दक्षिण एसियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रूपमा निगमले विश्वका २० शहरमा उडान भर्ने गरेको थियो ।

पछिल्ला केही वर्षयता आर्थिक रूपमा धराशयी बन्दै गएपनि नेपाली हवाई इतिहासको जग बसाल्न निगमको ठूलो भूमिका रहेको बताइन्छ । तर, प्रभावकारी सेवा दिन अझै कुनै कामको प्रयास थालिएको छैन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं