स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच आइतबार साँझ सेभियामा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।
करिब आधा घण्टा चलेको छलफलमा पर्यटन, व्यापार, जलवायु परिवर्तन र कूटनीतिक सम्बन्ध विस्तारका विषयमा गहिरो कुराकानी भएको थियो ।
आइतबार बिहान म्याड्रिड आइपुगेका प्रधानमन्त्री ओली अत्याधुनिक उच्च गतिको रेलमार्ग प्रयोग गर्दै दिउँसो सेभिया पुगेका थिए ।
भेटमा नेपालका तर्फबाट स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल,राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए ।
भेटपछि कुरा गर्दै राजदूत नेपालले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले स्पेनमा नेपाली राजदूतावास स्थापना भइसकेको उल्लेख गर्दै नेपालमा पनि दूतावास खोल्न स्पेनी समकक्षीसँग अनुरोध गर्नुभयो ।’
प्रधानमन्त्री ओलीले ‘सगरमाथा संवाद’बारे जानकारी गराउँदै जलवायु परिवर्तनको विषयमा नेपालको नेतृत्व र पहललाई प्रस्ट पारेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्