स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच आइतबार साँझ सेभियामा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।
करिब आधा घण्टा चलेको छलफलमा पर्यटन, व्यापार, जलवायु परिवर्तन र कूटनीतिक सम्बन्ध विस्तारका विषयमा गहिरो कुराकानी भएको थियो ।
आइतबार बिहान म्याड्रिड आइपुगेका प्रधानमन्त्री ओली अत्याधुनिक उच्च गतिको रेलमार्ग प्रयोग गर्दै दिउँसो सेभिया पुगेका थिए ।
भेटमा नेपालका तर्फबाट स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल,राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए ।
भेटपछि कुरा गर्दै राजदूत नेपालले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले स्पेनमा नेपाली राजदूतावास स्थापना भइसकेको उल्लेख गर्दै नेपालमा पनि दूतावास खोल्न स्पेनी समकक्षीसँग अनुरोध गर्नुभयो ।’
प्रधानमन्त्री ओलीले ‘सगरमाथा संवाद’बारे जानकारी गराउँदै जलवायु परिवर्तनको विषयमा नेपालको नेतृत्व र पहललाई प्रस्ट पारेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्