मधेशको बजेटमा असन्तुष्टि भएको सीके राउतको गुनासो, तत्कालै सरकार नछोड्ने
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले मधेश प्रदेशको बजेटप्रति असन्तुष्टि रहे पनि तत्कालै सरकार नछाड्ने स्पष्ट पारेका छन् ।
शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरण योजनाको अवलोकन गर्न पुगेका उनले पार्टीले कृषक हितमा दीर्घकालीन योजना ल्याएको, तर ती योजनाहरू बजेटबाट हटाइएकाले असन्तुष्टि व्यक्त गर्नु परेको बताएका हुन् ।
‘जनमत पार्टी जनताको पक्षमा उभिने पार्टी हो । कृषकसहित जनताको भलाइ हुने दीर्घकालीन योजना ल्याएका थियौं’, उनले भने, ‘तर तीमध्ये धेरैजसो योजना बजेटबाट हटाइए । त्यसैले हामी असन्तुष्ट भएका हौं, तर अहिल्यै सरकार छाड्ने निर्णय गरेका छैनौं ।’
अध्यक्ष राउतले संघीय लोकतान्त्रिक मोर्चा संविधान संशोधनको एजेन्डामा केन्द्रित ‘लुज एलायन्स’ मात्रै भएको औंल्याए । उनले भने, ‘कोही दल सरकारमा जाने कि नजाने, समर्थन दिने कि फिर्ता लिने भन्ने विषय मोर्चामा औपचारिक रूपमा छलफल भएको छैन ।
मोर्चाको मूल उद्देश्य संविधान संशोधनकै लागि दबाब सिर्जना गर्नु हो ।’ उनले संविधान संशोधनबारे मोर्चाभित्र लगातार छलफल भइरहेको जानकारी दिए । भोलि पनि मोर्चाको बैठक बस्ने र थप छलफलपछि साझा रणनीति तय हुने उनको भनाइ छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्