चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
काठमाडौं । २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको प्रदेश ‘ख’ रिक्त भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सो निर्णय लिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले गरेको निर्णयसँगै सो मनाङ ‘ख’ मा उपचुनाव गर्न बाटो खुलेको छ ।
दीपक मनाङ चुनावका लड्नका लागि नै अयोग्य रहेको भनेर पहिल्यै रिट दर्ता भएको थियो । सर्वोच्चको संवैधानिक इजलासले आजको मितिबाट उनी पदमुक्त भएको निर्णय गरेको हो । हाल थुनामा रहेका उनी निलम्बनको अवस्थामा थिए ।
उनले अब फेरि चुनाव लड्न नपाउने भएका छन् । २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले २०६१ को चक्रे मिलनमाथिको आक्रमणको मुद्दामा उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । सोपश्चात मंसिर २ गते काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चक्रे मिलन, #दिपक मनाङे
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्