मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर जान नसकिने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले बरु कम्पनी वा गुठीमार्फत कडाइका साथ चलाउन दिने प्रस्ताव गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनमा आफ्नो धारणा राख्दै मन्त्री पन्तले यस्तो प्रस्ताव गरेका हुन् ।
‘प्राइभेटलाई निषेध गरेर जान सकिँदैन । प्राइभेटहरूलाई कडाइका साथ सरकारले रेगुलेट गर्नुपर्यो । विभिन्न नियम कडा बनाएर त्यो रुल–नियम भित्र उनीहरूलाई ल्याउनुपर्यो’, उनले भने, ‘ गुठीमा जानेहरूलाई ट्याक्स छुटदेखि लिएर अरू सुविधाहरू पनि दिएर उनीहरूलाई गुठीमा जान प्रेरित गर्ने वातावरण बनाउनुपर्यो ।’
मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भएको तर केही बुँदामा फरक धारणा रहेको बताए ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्