जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई आफूले पार्टी छोड नभनेको दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जनार्दन शर्मालाई पार्टी छोड् भन्नुभएछ नि ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’
पार्टीभित्र लाइन संघर्ष चलाइरहेका शर्मासँग प्रचण्डको सम्बन्ध भने सुमधुर छैन । आफूलाई चुनौती दिइरहेका कारण उनी जनार्दनसँग रुष्ट छन् । सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमति र पार्टी उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको उनले बताए ।
‘यो बिलकुलै गलत र आधारहीन प्रचार हो। अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन’, उनले भने । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षमध्ये माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि छ ।
पार्टीमा देखिएको असन्तुष्टिका विषयमा प्रचण्डले भने, ‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन् । निर्णय सही छ भन्ने महसुस गर्छन् ।’ उनले देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जनार्दन शर्मा, #प्रचण्ड
ताजा खबर
- १विद्या भण्डारीले पार्टी अध्यक्षमा आँखा गाडेकाले सदस्यता खारेज गरियोः ओली
- २चलचित्र जनक्रान्ति निर्माण हुने
- ३राजीनामा दिएको भनिएका मन्त्रीहरूलाई बहादुरले गरे बर्खास्त
- ४विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
- ५मधेश जाँदै प्रधानमन्त्री ओली, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
तपाईको कमेन्ट लेख्नुहोस्