प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासंघले जनायो आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । नेपाल मेडिकल कलेजको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेको भन्दै आपत्ति जनाएको हो । उनले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको केहीदिनपछि मात्रै महासंघले आपत्ति जनाएको हो ।
अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले एक विज्ञप्ति जारी गर्दै शिक्षक समुदायमाथि असहिष्णु र अशोभनीय अभिव्यक्ति दिएको बताए । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदाय माथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ ।
देशमा गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको भविष्यको लागि अहोरात्र खटिइरहेका शिक्षक माथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय भएको बताए । उनको अभिव्यक्ति कडा रूपमा विरोध गर्ने अध्यक्ष सुबेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आगामी दिनमा नेपाली शिक्षक कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न समेत महासङ्घले चेतावनी दिएको छ ।
शिक्षकहरूको किन तनखा बढाउने भन्दै प्रश्न गरेका थिए । ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकको तनखा बढाउन नहुने उनको भनाइ थियो । ५२ प्रतिशत अभिभावक तथा युवाहरूको सपना एसईईमै सकिने बताउँदै यस्तो प्रणाली नै खारेज गर्नुपर्ने बताएका थिए। उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका बेला महासङ्घले भने आधिकारिक धारणा सार्वजनिक गरेको थिए ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्