स्ववियु चुनावमा २५ वटा विद्यार्थी संघ–संगठनबीच प्रतिस्पर्धा हुने
काठमाण्डौं । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा संघ–संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका हुन् ।
चुनावी कार्यतालिकाको पहिलो दिन हिजो विद्यार्थी संघ, संगठन र समूह दर्ताको काम सकिएको छ । दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशीघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिले जनाएको छ ।
स्ववियु चुनावमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन, समूह दर्ता हुनुपर्ने व्यवस्था छ । त्रिविका ६२ वटै आङ्गिक क्याम्पसमा निर्वाचन समिति गठन भएको छ ।
स्ववियु चुनाव नजिकिँदै गर्दा मुख्य विद्यार्थी सङ्गठनहरूले क्याम्पसहरुमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्