निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ । सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजेपछि मतदान सुरु गर्ने योजना छ । संगठनको अध्यक्षमा रेवन्त गौतम र भवानी दाहालले दाबी गरेका छन् ।
गौतम समर्थक निर्वाचनबाट कार्यसमिति चयन गर्नुपर्ने पक्षमा र दाहाल समर्थक सहमतिमा कार्यसमिति घोषणा गर्नुपर्ने पक्षमा छन् । यसमा सहमति नजुट्दा संगठनको महाधिवेशन एक दिन लम्बिसकेको हो ।
निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन फागुन ३० गतेदेखि १ गतेसम्म गर्ने तालिका थियो अधिकांश प्रतिनिधिहरु निर्वाचनमा जानुपर्ने पक्षमा उभिएपछि सहमति जुट्न नसकेको बताइएको छ ।
उम्मेदवारी फिर्ता लिने समय साँझ साढे ७ बजेदेखि १० बजेसम्म छ । ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । लगत्तै मतदान सुरु हुने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्