अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर
काठमाडौं । अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो ।
चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित्रिने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ । चीन विरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त हुँदै थियो ।
अमेरिकामा चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ । योसँगै चीनले पनि प्रतिरोधात्मक कर घोषणा गरेको हो ।
अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५र२५ प्रतिशत अतिरिक्त कर भने ३० दिनको लागि स्थगित गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #१० प्रतिशत कर, #अमेरिकाबाट आयात
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्