भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
	
				
			काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित एक अन्तक्रियामा नेता रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नु स्वभाविक भएको बताए । उनले भने, ‘अब भीम रावलले के गर्नुहुन्छ म अहिले भन्न सक्दिनँ । एमाले छाडेपछि मैले पनि के गर्ने भनेर सोचेको थिएँ ।
नेपालले पार्टी नभएर दुख पाएको हो कि राम्रो पार्टी नभएर दुख पाएको ? भन्दा हामीले राम्रो पार्टी नभएर दुख पाएका हौं । त्यसैले उहाँले कहाँ गएर काम गर्न सकिन्छ भन्ने सोच्नुभयो भने राम्रो हुन्छ ।
म उहाँलाई हाम्रो पार्टीमा आउन आह्वान पनि गर्छु । उनले आफ्नो पार्टीमा नआउने भए अर्को कुनै जसले राम्रो गर्नसक्छ भन्ने सम्भावना भएको पार्टीमा लाग्न सुझाव दिए । तर, एमालेबाट निकालिएपछि नेता रावलले आफ्नो नेतृत्वको पार्टी खोल्ने तयारी गरिरहेको चर्चा छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #घनश्याम भुसाल, #भीम रावल
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्