कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् ।
महोत्तरीमा आयोजित क्षेत्रीय सम्मेलन उद्घाटन कार्यक्रममा उनले हरेक दुई दुई महिनामा सरकार परिवर्तन हुने अवस्था आएपछि राजनीतिक स्थायित्वका लागि एमालेसँग मिल्न बाध्य भएको बताए । नेता कोइरालाले भ्रष्टाचार बढिरहेको भन्दै सरकारले सुशासन दिन नसकेको जिकिर गरे ।
नेता कोइरालाले सरकारमा भएका मन्त्रीहरुले सहकार्य गरेर अगाडि बढे पनि बाहिर भएकाहरुले प्रतिस्पर्धीको भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिए । कांग्रेसले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले १५ औं महाधिवेशन एक वर्षभित्र नहुने संकेत देखिएको भन्दै नेतृत्वलाई दबाब दिन नेता कार्यकर्तालाई आग्रह गरे । नेता कोइरालाले भने, ‘तपाईंहरु यहाँबाट जाँदा ढुक्क भएर जानुस् । तपाईंहरु कसैको डर, धाक धम्कीबाट नडराउनुस् । तपाईंहरुको राजनीतिक संरक्षण म गर्छु । अन्याय हुन नदिने बाचा म गर्छु । म पक्कै गर्छु ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #कांग्रेस, #केपी शर्मा ओली
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्