माओवादीले राजीनामा माग्दा लेखा समिति सभापतिको बचाउमा उत्रियो एमाले–कांग्रेस
काठमाडौँ । सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको बचाउमा उत्रिएका छन् । सोमवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा एमाले सांसद योगेश भट्टराईले समिति सभापति पोखरेलको बचाउ गर्दै आरोपित सभापति पत्नी अञ्जला कोइरालाले न्यायिक निरूपणलाई अदालतमा उपस्थित भएर सघाउनुपर्ने बताएका हुन् ।
उनले सभापतिबारे उठेका प्रश्नको जवाफ दिने ठाउँ समिति नभए पनि स्पष्ट बनाउँदा राम्रो हुने बताए । सचिव भट्टराईले हाल रहेको सत्ता गठबन्धन २०८४ सालसम्मै जाने दावी गरे । उनले विगतमा रहेको राजनीतिक परिस्थितिअनुसार संसदको पदाधिकारीबारे सहमति भएको बताए ।
कांग्रेस सांसद राजेन्द्र केसीले श्रीमतीले गल्ती गर्दा श्रीमान फस्ने हुन् कि भन्ने ठूलो चिन्ता रहेको बताए । उनले श्रीमतीले गल्ती गर्दा श्रीमान फस्ने हुन् कि हैन कानूनले के भन्छ भन्दै चिन्ता व्यक्त गरे । सांसद केसीले लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउ समेत गरे । उनले सभापतिको श्रीमतीको पक्राउ पुर्जी जारी भएको तर सभापतिलाई नभएको भन्दै सभापतिलाई यसमा मुछ्नु राम्रो नभएको बताए ।
एमाले सांसद गोकुल बाँस्कोटाले समिति सभापतिप्रति व्यक्तिगत रुपमा आरोप–प्रत्यारोप लगाउन नहुने बताए । उनले अदालतबाट आरोप पुष्टि नभई सभापतिमाथि आरोप लगाएर प्रश्न उठाउनु जायज नभएको बताएका थिए ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विगतमा रहेको राजनीतिक परिस्थितिअनुसार संसदको पदाधिकारीबारे भएको राजनीतिक सहमतिका आधारमा सभापति चयन भएकाले बारम्बार सभापतिमाथि प्रश्न उठाउनु जायज नभएको बताएका थिए ।
समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रूपमा आफूमाथि उठेका विषयमा विभिन्न ठाँउमा जवाफ दिन तयार रहेको बताए । उनले कानूनी प्रक्रियामा रहेका विषयको सबै परीक्षामा समावेश हुन आफू तयार रहेको उल्लेख गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #माओवादी, #लेखा समिति सभापति
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्