छविलालले भने सबै जीबी राई र रवि लामिछानेलाई नै थाहा छ !

काठमाडौं । सूर्यदर्शन सहकारी रकम अपचलनमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले आर्थिक कारोबारको विषय सबै जीबी राई र रवि लामिछानेलाई थाहा भएको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा पूर्वडीआईजी जोशीले गैरकानूनी तवरबाट रकम ल्याउनको लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्युट गराउने जस्ता कार्य आफु संलग्न नहुने बयान दिएका हुन् ।
‘गैरकानूनी तवरबाट रकम ल्याउनको लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्युट गराउने जस्ता कार्य गरेका थिएनौ, बैकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिने अबस्था थियो’, उनले जानकारी दिएका छन् ।
कर्मचारी र पत्रकारको छनोट, नियुक्ती, तलबको मापन लगायतको सम्पूर्ण कार्य रवि र जिविबाट हुने गरेको जोशीले दाबी गरे । उनले भने, ‘गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडमा सूर्यदर्शन सहकारीबाट सहकारी ऐन, नियम र सहकारीको सिद्दान्त विपरित रकम गएको सम्वन्धमा सम्पूर्ण जिम्मेवार गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा छ ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छविलाल जोशी, #सूर्यदर्शन सहकारी
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्