बाजुरा भूकम्पले १५ घरमा पूर्ण क्षति, १५० घरमा आंशिक क्षति
काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।
भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हालसम्म १५ घर बस्न नमिल्ने गरी क्षति पुगेको जानकारी आएको र थप जानकारी लिने कार्य भइरहेको जानकारी दिए ।
१५० भन्दा बढी घरमा भूकम्पले आंशिक क्षति पुर्याएको छ । ‘विवरण संकलन गर्ने काम भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र पीडितको सुरक्षाका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने योजना छ ।
बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ५.२ रेक्टरको भूकम्प गएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्