बाजुरा भूकम्पले १५ घरमा पूर्ण क्षति, १५० घरमा आंशिक क्षति

काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।
भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हालसम्म १५ घर बस्न नमिल्ने गरी क्षति पुगेको जानकारी आएको र थप जानकारी लिने कार्य भइरहेको जानकारी दिए ।
१५० भन्दा बढी घरमा भूकम्पले आंशिक क्षति पुर्याएको छ । ‘विवरण संकलन गर्ने काम भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र पीडितको सुरक्षाका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने योजना छ ।
बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ५.२ रेक्टरको भूकम्प गएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्