झाँक्री बताउने प्रकाश भुजेलको गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु, श्रीमती भेन्टिलेटरमा
काठमाडौं । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
नगकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो ।
दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।
उनीहरुलाई अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । हाल उनी प्रहरी वृत्त बौद्धको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कागेश्वरी मनोहरा, #नारायण नगरकोटी, #प्रकाश भुजेल
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्