Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

भिआईपीहरुको कारागार र हिरासत बसाईँ,पूर्वमन्त्रीदेखि सांसद र उच्चपदस्थका बाहिरिदै कर्तुत !


काठमाडौं । आफ्नो अपराध लुकाउन राजनीतिमा होमिनेको कमी छैन् । पछिल्लो चरण नेपालमा राजनीतिक दलका नेताहरु एक एक गरी पक्राउ पर्दैछन् । मुद्धा फरक होलान् तर, राजनीतिमा होमिएर मन्त्रीको झण्डा र सांसदको लोगो नै लगाएर हिड्नेहरु कानुनी फन्दामा परिरहेका छन् । पूर्व भीआईपीहरु यतिबेला कोही जेल त कोही हिरासतमा दैनिकी बिताइरहेका छन् ।

गलत गर्दा कानुनी कठघरामा उभिनुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि राज्य शक्तिमा बसेकाहरुले नै हेक्का नराख्दा अस्तीत्व नै गुमाएका थुप्रै उदाहरण छन् । अझ अपराध गर्नेहरु जोगिन राजनीतिमा होमिनेको कमी छैन् यहाँ । विगतका उसका कमजोरी लुकाउने थलो राजनीति बन्दा नागरिको भरोसा टुट्ने गरेको छ । यतिबेला नेपालका कारागार तथा हिरासतमा भिआईपीको लस्कर नै लागेको छ ।

एकपछि अर्को गर्दै विभिन्न दलका सांसदको बास हिरासत र कारागार बनिरहेको छ । गण्डकी प्रदेशका सरकार जोगाउन र ढाल्न महत्वपूर्ण भूमिका खेल्ने राजीव गुरुङ उर्फ दिपक मनाङले ६ पटक नै मन्त्री पड्काए । अदालतमा मुद्धा विचाराधिन रहेकै बेला मनाङले प्रदेशमा चुनाव जितेर कांग्रेस एमालेलाई फनफनी घुमाए । तर, सत्ता जोगाउन कांग्रेस एमालेले मनाङे को हुन भन्ने नै विर्सिए । उनै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेर मंगलबार डिल्लीबजार कारागार चलान भएका छन् ।

राजधानीको सानोभ¥याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने छ ।

त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमै छन् । रायमाझीमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको भन्दै सुन्धारास्थित जगन्नाथ देवलमा राखिएको छ ।

पूर्वमन्त्री मोहम्मद अफताव आलम पनि जेलमै छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई जेल पठाइएको हो । रौतहटको राजपुर फरहदवामा पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै इँटाभट्टामा मानिस पोलिएको मुद्धा छ । यी त भए जेल नै चलान भएका केही उदाहरण ।

यतिबेला केही सांसदको भने हिरासत बास छ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी २ दिनदेखि हिरासतमा छन् । उनीमाथि सरकारी कागजात कीर्ते र जापानमा मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राखिएको हो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि २६ दिनदेखि पोखरा हिरासतमै छन् । पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न पोखरा हिरासतमा राखिएको थियो । त्यहाँबाट उनीलाई रुपन्देहीको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीमा भएको रकम अपचलनको बयानका लागि बुटवल लगियो ।

रविसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रूपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको उनीमाथि अभियोग छ । पूर्वमन्त्री, बहालवाला सांसद मात्रै होइन प्रहरीका पूर्व उच्च अधिकारी समेत यतिबेला कोही जेलमा त कोही हिरासतमा बसिरहेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आफ्नो अपराध, #कानुनी कठघरा, #पालमा राजनीतिक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं