संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयोः गोपालकृष्ण घिमिरे
काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरुलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन् । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्णमा अध्यक्ष घिमिरेले नेम्वाङको समझदार व्यक्तित्वको जति चर्चा गरे पनि कमै हुने बताए ।
ठूलो द्वन्द्वबीच वर्तमान संविधान निर्माणमा गरिएको र त्यसको नेतृत्व स्वर्गीय सुवाष नेम्वाङले गरेको उनको भनाई थियो । ‘त्यत्रो द्वन्द्वबीच पनि दुई–दुई पटकको संविधानसभा निर्वाचनपश्चात आज यो संविधानको निर्माण भएको छ।
यो संविधानले केही गरेन, केही गर्न सक्दैन, त्यसैले यसलाई च्यात्नुपर्छ, फाल्नुपर्छ भन्ने जस्ता आवाजहरु पनि कताकता देखिन थालेका छन् । त्यो बिल्कुलै गलत हो‚’ उनले भने, ‘यो संविधान २००७ सालदेखिको जे जस्तो परिस्थितिमा हामी छौँ, हाम्रो समाज छ‚ यसका राम्रा पक्षहरुलाई सँगै लिएर हिँडने कसम आज हामीले खानुपर्छ ।’
केहीले संविधान च्यात्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै उनले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्न सबै पक्षले कसम खाएर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष घिमिरेले संविधान परिवर्तनीय दस्तावेज भएकाले त्यसमा रहेका कमीकमजोरीलाई केलाएर परिमार्जन गर्नुपर्छ भन्ने दृष्टिकोण आफूहरुले अघि सारेको पनि स्पष्ट पारे । अध्यक्ष घिमिरेले संविधानमा देखिएको कमीकमजोरी हटाउन यसका प्रावधानहरु केलाएर हेर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्