Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयोः गोपालकृष्ण घिमिरे


काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरुलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन् । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्णमा अध्यक्ष घिमिरेले नेम्वाङको समझदार व्यक्तित्वको जति चर्चा गरे पनि कमै हुने बताए ।

ठूलो द्वन्द्वबीच वर्तमान संविधान निर्माणमा गरिएको र त्यसको नेतृत्व स्वर्गीय सुवाष नेम्वाङले गरेको उनको भनाई थियो । ‘त्यत्रो द्वन्द्वबीच पनि दुई–दुई पटकको संविधानसभा निर्वाचनपश्चात आज यो संविधानको निर्माण भएको छ।

यो संविधानले केही गरेन, केही गर्न सक्दैन, त्यसैले यसलाई च्यात्नुपर्छ, फाल्नुपर्छ भन्ने जस्ता आवाजहरु पनि कताकता देखिन थालेका छन् । त्यो बिल्कुलै गलत हो‚’ उनले भने, ‘यो संविधान २००७ सालदेखिको जे जस्तो परिस्थितिमा हामी छौँ, हाम्रो समाज छ‚ यसका राम्रा पक्षहरुलाई सँगै लिएर हिँडने कसम आज हामीले खानुपर्छ ।’

केहीले संविधान च्यात्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै उनले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्न सबै पक्षले कसम खाएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष घिमिरेले संविधान परिवर्तनीय दस्तावेज भएकाले त्यसमा रहेका कमीकमजोरीलाई केलाएर परिमार्जन गर्नुपर्छ भन्ने दृष्टिकोण आफूहरुले अघि सारेको पनि स्पष्ट पारे । अध्यक्ष घिमिरेले संविधानमा देखिएको कमीकमजोरी हटाउन यसका प्रावधानहरु केलाएर हेर्नुपर्ने आवश्यकता पनि औँल्याए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं