ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण आज बुझाउँदै कुलमान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज सरकारलाई १५ बुँदे विवरण बुझाउने भएका छन् । उनको आज विवरण बुझाउने अन्तिम दिन हो । असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमानलाई १५ बुँदे विवरण मागेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । मन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले घिसिङसँग ४ वर्षे अवधिको विभिन्न विवरण माग्ने निर्णय गरेको थियो ।
ट्रान्सफरमर, पोल खरिद र टेण्डर आव्हान तयारीमा स्मार्ट मिटरलगायतका वस्तुरसामग्री खरिदमा भ्रष्टाचारको आशंकासहित आवश्यक विवरण मागिएको छ ।
प्राधिकरण आफैँले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरु ४ वर्षकै माग्ने निर्णय गरिएको हो ।
घिसिङलाई विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय, प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण पनि मागिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कुलमान घिसिङ, #नेपाल विद्युत् प्राधिकरण
ताजा खबर
- १रास्वपालक्षित प्रचण्डः सञ्जालमा हाहा र हुहु गरेर केही हुन्न
- २गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन
- ३धाँधलीको आशंका गर्दै ओलीले भने-भ्याइँदैन भने मिति सार, चुनाव एकै दिन हुनुपर्दछ
- ४स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छुः प्रधानमन्त्री कार्की
- ५निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान



तपाईको कमेन्ट लेख्नुहोस्