सभापति रवि पक्राउको रास्वपाद्वारा भर्त्सना, राजनीतिक प्रतिसोधको अस्वीकार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ ।
कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सभापति पक्राउप्रति घोर भर्त्सना गरेको जनाएका छन् । न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ रहेको समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने जनाएको छ ।
‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ ’ विज्ञप्तिमा भनिएको छ , ‘तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन ।
’ बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको भएको समेत रास्वपाले आरोप लगाएको छ । ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् हामी डराएका छैनौँ, तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #संलग्नता नरहेको भनी पुष्टि
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्