विश्वका ८ हजार मिटर उचाइका सबै हिमाल चढ्ने पहिलो नेपाली महिला बनिन् दावा

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।
दोलखाकी ३३ वर्षीया दावाले बुधबार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन् ।
दावाले २२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसयता उनी चार पटक सगरमाथा शिखर पुगिसकिन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #८ हजार मिटर, #दावा याङजुम शेर्पा
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्