कांग्रेस–एमालेसँग मिल्दामिल्दा माओवादीकै पहिचान हराउने आशंका छः प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दलसँग मिलेर चुनाव लड्दा लड्दा माओवादीको पहिचान नै संकटमा परेको बताएका छन् ।
शनिबार पार्टीको दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अब आउने चुनावमा सबै ठाउँमा माओवादीले एक्लै उम्मेदवारी दिने बताएका हुन् ।
उनले भने ‘कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर निर्वाचन लड्दा लड्दा कता कता माओवादीको पहिचान हराउन लागेको हो कि आशंका सर्वत्र भएको छ । र, यो पटक हामी आफ्नै खुट्टामा उभिएर अहिले मात्रै होइन, २०८४ सालको निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिटमा नै ३३० प्रदेशमा र सबै पालिकामा पनि हामी एक्लै चुनाव लडेर फेरी एकचोटी माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौं’ ।
उनले यही सन्देश दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्