गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवा खालबाट पक्राउ
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–४ बाट जुवा खेलिरहेको अवस्थामा पालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ परेका छन् । प्रहरीले छापा मार्दा उनीहरूको साथबाट १८ लाखभन्दा बढी नगद बरामद भएको छ । बाँस घारीभित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिवार राति ८ बजेतिर छापा मारेको थियो ।
जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४ युवक राई, दुहबी नगरपालिका–६ का जय किशोर साह पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै झापाको दमक नगरपालिका–१० का ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का जनककुमार मास्के, सोही ठाउँका प्रताप राई, ग्रामथान–४ का अहिलाल माझी र लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा पक्राउ परेका हुन् ।
माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा विजयी भएका थिए । पक्राउ परेकाको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ ।
यस्तै १६ थान कौडा, १२ बुक तास, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको हो । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट थप १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मोरङको ग्रामथान, #वा खालबाट पक्राउ
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्