रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उपसभामुख इन्दिरा रानाको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूमाथि शृंखलाबद्ध विरोध भइरहेको भन्दै लामिछानेले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएका छन् ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका लामिछानेले प्रतिनिधिसभामा मंगलबार उपसभामुख लक्षित टिप्पणीहरु भएको भन्दै त्यो रोकिनुपर्ने आग्रह गरे ।
गत वर्ष उपसभामुख रानाले संसदको लेटरप्याड दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई अनधिकृत चिठी लेखेकी थिइन्, जसमा उनले संसद र आफ्नो सचिवालयसँग कुनै सम्बन्ध नरहेका छ जना व्यक्तिलाई अमेरिका पठाउन प्रयास गरिएको थियो ।
उपसभामुखले पदीय गरिमा राख्न नसकेको, उल्टै संसदको मानमर्दन गरेको भन्दै प्रतिनिधिसभामा कांग्रेस एमालेले प्रश्न उठाएका छन् । लामिछानेले राजनीतिक प्रतिशोध साँध्ने नियतवश उक्त प्रश्नहरु उठेको आरोप लगाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
संसदमा विभिन्न दलका प्रतिनिधिले राख्ने विषयमा आफ्नो नियन्त्रण नरहने भन्दै उनीहरुसँगै संवाद गर्न लामिछानेलाई आग्रह पनि गरेका थिए । लामिछानेलाई पोखरामा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषय जोडेर कालोझण्डा देखाउदै नाराबाजी भएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपसभामुख इन्दिरा, #केपी शर्मा ओली, #धानमन्त्रीको सरकारी
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्