५ जिल्लाका सीडीओ फेरिए, काठमाडौँमा जयनारायण आचार्य
काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।
काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए ।
सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको छ । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृह मन्त्रालय, #प्रमुख जिल्ला अधिकारी
ताजा खबर
- १संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा
- २नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिकः राष्ट्रपति पौडेल
- ३भगौडा प्रेमीजस्तै’ जनप्रतिनिधि भागेः सांसद परियार
- ४बीमा रकम कटौतीको हल्ला भ्रामक, १ लाखको सीमा यथावत्
- ५निर्वाचन आयोगले बन्दसूचीबाट ७६ जनाको नाम हटायो, कर्जा सूचना केन्द्रको कालोसूचीका २१ जना



तपाईको कमेन्ट लेख्नुहोस्