टान अध्यक्षमा सत्ता गठबन्धनलाई पराजित गर्दै माओवादीले मार्यो बाजी
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् । कांग्रेससँग असन्तुष्ट खेमाले पाण्डेलाई साथ दिएको थियो ।
पाण्डेले ५८० मत पाएर विजयी हुँदा सापकोटाले ४८० मत पाएका छन् । बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कर्मा चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका छन् । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी हुँदा अर्का प्रत्यासी दावा लामा ९तामाङ०ले ५१० मत पाएका छन् ।
द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाएका थिए । महासचिव पदमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले अर्का उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीलाई ५६ मत अन्तरले हराए । शेर्पा ५५० मतसहित विजयी हुँदा सुवेदीले ४९४ मत पाए । सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहानै खुशीको खबर बाँड्ने अवसर मिल्यो भन्दै अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचितहरूलाई बधाई तथा शुभकामना दिएका छन् । प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।’
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एशोसिएसन अफ नेपाल, #ट्रेकिङ एजेन्सिज
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्