आरजु राणाकी आमा राप्रपामा पुनः सक्रिय, बनिन् केन्द्रीय सल्लाहकार समिति सदस्य
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाकी आमा प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टीमा फेरि सक्रिय भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो उनलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिमा मनोनयन गरेका हुन । राणा पहिलेदेखि नै राप्रपामा रहेर विभिन्न लाभको पदमा समेत पुगेकी थिइन् ।
उनी जापानका लागि नेपालकी राजदुत भइन् । पछिल्लो समय निस्क्रिय भएकी थिइन । लामो समय राप्रपा केन्द्रीय सदस्य रहेकी राणा पहिलो संविधानसभामा राप्रपाबाट समानुपातिक सभासद बनेकी थिइन्। उनी विज्ञान तथा प्रविधि राज्यमन्त्रीसमेत बनिन् । २०७४ सालमा राणा जापानका लागि नेपाली राजदूत नियुक्त भइन् ।
कमल थापा परराष्ट्रमन्त्री भएका बेला राप्रपाबाट प्रतिभासहित निरञ्जन थापा र भरत रायमाझीलाई राजदूत बनाएका थिए । सरकार परिवर्तनपछि थापा र रायमाझी फिर्ता बोलाइए पनि प्रतिभा भने फर्किनु परेन । देउवाको राजनीतिक आडमा उनले राजदुतको ४ वर्षको पुरै कार्यकाल व्यतित गरेकी थिइन् । अहिले फेरि राप्रपा केन्द्रीय सल्लाहकारका रूपमा सक्रिय राजनीतिमा फर्किएकी हुन् ।
राणासँगै ललितपुरका बद्री सिलवाल, धादिङका गणेशबहादुर अधिकारी र रौतहटका जगदिशलाल श्रीवास्तवलाई पनि केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनयन गरिएको छ । छोरी आरजु शक्तिशाली परराष्ट्रमन्त्री भएका बखत फरक पार्टीमा प्रतिभाको राजनीतिक पुनरागमन भएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आरजु राणा देउवा, #परराष्ट्रमन्त्री, #प्रतिभा राणा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्