एससीओ बैठकमा भाग लिन मोदीलाई पाकिस्तानको निम्तो
काठमाडौं । अक्टोबरमा आयोजना हुने सांघाइ सहयोग संगठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सीएचजी) को बैठकका लागि पाकिस्तानले भारतलाई निम्तो पठाएको छ ।
साप्ताहिक समाचार ब्रिफिङका क्रममा पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मुमताज जहरा बलुचलाई उद्धृत गर्दै पाकिस्तानले इस्लामाबादमा हुने आगामी सीएचजी बैठकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एससिओ सदस्य देशका सबै शासनाध्यक्षलाई निमन्त्रणा दिएको हो ।
भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामाबादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताइएको छ । सीएचजीको ‘रोटेटिङ’ अध्यक्षता गरेको पाकिस्तानले यस वर्षको अक्टोबरमा इस्लामाबादमा एससिओ बैठकको आयोजना गर्दैछ ।
सांघाई सहयोग संगठठन सन् २००१ जुन १५ मा कजाकिस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले स्थापना गरेको स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो । एससीओमा भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, उज्बेकिस्तान र ताजिकिस्तानसहित नौ मुलुक सदस्य छन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #सांघाइ सहयोग संगठन, #सीएचजी
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्