माओवादी स्थायी समितिमा उठेका प्रश्नको जवाफ प्रचण्डले आज दिदैं
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार सक्ने तयारी गरिएको छ । एक सातादेखि जारी बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर आज बैठक सकिने बताइएको छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु हुनेछ। गत शुक्रबार शुरु भएको बैठकमा पार्टीको सांगठनिक अवस्था, देशको अवस्था तथा अन्तर्राष्ट्रिय राजनीति बारेसमेत छलफल भएको थियो ।
बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारेका थिए । उनले अध्यक्षसहित सबै पदाधिकारीले नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए । यो विषयमा समेत अध्यक्ष प्रचण्डले आज जवाफ दिनेछन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- २सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति
- ३ज्ञानेन्द्र शाहीलाई रविको आग्रहः सँगै कयौँ राजनीतिक सहकार्य गर्न बाँकी नै छ
- ४मन्त्रीपरिषद बिस्तार : गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त
- ५दुई सातामै श्रममन्त्री दीपककुमार साह बर्खास्त



तपाईको कमेन्ट लेख्नुहोस्