कुलमानको आक्रोशः मविरुद्ध केही व्यक्ति सुनियोजित रूपमा लागे
काठमाडौं । डीईजी रमेश खरेलले एन्टीकरप्सन नेटवर्कका तर्फबाट सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको समाचारलाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् । खरेलले आफूविरुद्ध एक टीभीमार्फत भ्रामक सूचना सम्प्रेषण गराइरहेको भन्दै कुलमानले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका हुन ।
खरेलले लगाएको लाञ्छना कसैको उक्साहटमा भएको उनको दाबी छ । विज्ञप्ति नै निकालेर घिसिङले सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका काम कारबाही सार्वजनिक चासोका विषय हुन्छ र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुने बताए ।
आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा आफु अनभिज्ञ रहेको विज्ञप्ति उल्लेख छ । खरेलले लगाएको आरोपको भ्रममा नपर्न पनि उनले अपिल गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कुलमान घिसिङ, #विद्युत प्राधिकरण
ताजा खबर
- १सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ
- २रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणीः सुशासनको डंका पिट्नेहरू नै सम्पती लुकाउँदैछन्
- ३उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- ४कलाकार बले हाजिरी जमानीमा रिहा
- ५रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्