सहकारी छानविन समितिले गर्यो धमाधम कैदीबन्दीहरूसँग सोधपुछ
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गरिरहेको संसदीय विशेष समितिले धमाधम कैदीबन्दीहरूसँग सोधपुछ गरेको छ । विभिन्न सहकारीमा आबद्ध रहेका उनीहरूलाई जेलबाट झिकाएर सोधपुछ गरिएको हो । शनिवार चार जना कैदीबन्दीलाई समितिको सिंहदरबारस्थित कार्यालयमा झिकाइएको थियो ।
सोमवार सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको हो ।
शनिवार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङलाई पनि केन्द्रीय कारागार जगन्नाथ देवलबाट संसदीय समितिमा झिकाइएको थियो । नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य तथा ऋणी केदारनाथ शर्माकी श्रीमती गीता शर्मा र तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई पनि कारागारबाट झिकाएर सोधपुछ गरिएको छ ।
संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्न कैदीबन्दीहरूमध्ये कारागारमा रहेकाहरूलाई समेत झिकाएर सोधपुछ गर्ने निर्णय गरिसकेको छ । विशेष समितिका सभापति सूर्य थापाका अनुसार २५०र३०० व्यक्ति सहकारी ठगीमा थुनामा छन् । ८०० भन्दा बढी फरार छन् । ११ सय भन्दा बढीमाथि सहकारी ठगीको मुद्दा लागेको छ । यसमध्ये प्रतिनिधि पात्रका रुपमा सीमित व्यक्तिसँग सोधपुछ गरिने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धमाधम कैदीबन्दी, #सोधपुछ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्