आईएलओले भन्योः विश्वभर युवा बेरोजगारीदर १५ वर्षयताकै खराब
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ । यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका लागि श्रम बजारमा स्थिति केही सुधार देखिएको छ । तर, आर्थिक सुधारको लाभ असमान छ ।
खासगरी एसिया प्रशान्त र अरब देशहरुमा महिलाहरु लाभबाट बन्चित छन् । सोमबार सार्वजनिक आईएलओको एक रिपोर्टमा लेखिएको छ, ‘विश्वभर लाखौं युवाहरुको राम्रो पारिश्रमिकयुक्त काम पाउने आकांक्षामा बाधा पुगेको छ । सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको छ ।
यो सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको दरभन्दा कम हो । आईएलओको रोजगार विश्लेषण तथा सार्वजनिक नीतिको प्रमुख सारा ऐल्डरले भनेकी छन्, ‘पूर्वी एसियामा ४.३ प्रतिशतभन्दा बढी, अरब देशमा १ प्रतिशतभन्दा बढी तथा दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रमा १ प्रतिशतको दरले युवा बेरोजगारीको दर बढिरहेको छ ।
आईएलको सोधबाट यो चिन्ताजनक अवस्था पत्ता लागेको छ कि गत वर्ष हरेक पाँच युवाहरुमा एक जना रोजगार, शिक्षा वा प्रशिक्षणबाट बन्चित छ । अधिकांश युवा श्रमिकमा अझै पनि सामाजिक सुरक्षाको अभाव छ । उनीहरुको रोजगार अस्थायी पनि छ । त्यसबाट स्वतन्त्र युवाको रुपमा प्रगति गर्न कठिन हुने गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- २सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत
- ३होस्टल एशोसिएसनले गर्यो दोस्रो चरणको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व तथा व्यक्तित्व विकास तालिम
- ४नेपाली कांग्रेस फुट उन्मुख, गगनविरुद्ध शशांकलाई अघि सारियो
- ५सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न सर्बोच्च अदालतसँग अनुरोध



तपाईको कमेन्ट लेख्नुहोस्