लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैनः शिक्षामन्त्री भट्टराई
कास्की । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताएकी छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियता वादी विचारले मात्र नहुने बताएकी हुन् ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् । ‘विद्यालय शिक्षा ऐन विचाराधीन छ । संसदमा छलफल चलिराखेको छ ।
शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड त्यसले बनाइसकेको छ,’ उनले भनिन्, ‘यदि शिक्षकहरू आरोपित हुँदाखेरि हामीसँग छुट्टाछुट्टै ऐनहरू छँदैछन् । यी ऐनहरूमार्फत उहाँहरू कारबाहीमा पर्ने आधारहरू अलरेडी छन् । भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ ।’
अदालतमा विचाराधीन भएका कारण शिक्षक निर्देशिका चलाउने नसकिएको मन्त्री भट्टराईले बताइन् । ‘शिक्षक निर्देशिका अदालतमा छ । अदालतमा विचाराधीन भएको कुरा अहिलेको मन्त्रीले खण्डन गरेर जान त सकिँदैन । मैले अदालतको परमादेश पर्खेर बसेको छु । त्यो अदालतमा भएको कारण मैले केही पनि गर्न सकेको छैन,’ उनले भनिन्, ‘अदालतले एउटा आदेश दिएपछि त्यसलाई के गर्ने भन्ने सवाफमा अगाडि बढ्छु ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- २नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ३पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ४सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत
- ५होस्टल एशोसिएसनले गर्यो दोस्रो चरणको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व तथा व्यक्तित्व विकास तालिम



तपाईको कमेन्ट लेख्नुहोस्