Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

बजारमा सुरु भयो फेरि कालोबजारी, सर्वसाधारणको चुल्हो बाल्न नै धौ धौ !


काठमाडौं । सर्वसाधारणको चुल्हो बाल्न नै धौ धौ भएको छ । बर्षा सुरु भएको बाहनामा बजार निक्कै महंगो छ । तरकारी बजारमा पुग्यो मुल्य सोध्दा नै तर्सिनुपर्ने अवस्था छ । मनपरी मूल्य गर्दा समेत सरोकारवाला निकाय नै चुप मै चुप छन् । जनताका लागि राजनीति गर्छु भन्ने हवाला दिने निकाय संयन्त्र सबैले कानमा तेल हालेर बसेका छन् भन्दा फरक पर्दैन । तर, उपभोक्ता अधिकारकर्मीहरुले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपभोक्ता अधिकारकर्मीहरुले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरु चरम ठगीमा पर्दै आएका बताएका हुन् । उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले नेपालको बजारको अवस्था डरलाग्दो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरे ।

बैठकमा सुशासन महासंघ नेपालका अध्यक्ष ओम लामिछानेले स्थानीय निकायहरुले अनुगमन गर्नुपर्ने सुझाव दिएका छन् । बजार अनुगमन गर्ने कर्मचारी बढाउनुपर्ने उनको भनाई छ । बैठकमा विश्व उपभोक्ता महासंघ नेपालका अध्यक्ष तारा कार्कीले शक्तिको पहुँचका कारण बजार स्वच्छ हुन नसकेको गुनासो गर्छन् । वाणिज्य विभागले बजार अनुगमन गरेर दोषिलाई कारबाही गर्न खोजेपनि राज्यको माथिल्लो निकायबाट संरक्षण हुने गरेको छ । सिमेन्ट, काँटाकिला लगायतका निर्माणका सामग्रीमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको आशंका छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भारतको भन्सार बिन्दुबाट नआउने खाद्य सामग्रीहरु गैरकानूनी बाटोबाट आउने गरेको बताउछन् । उनका अनुसार गैरभन्सारबाट आउने सामग्रीहरुको मूल्यमा एकरुपता नहुने र मिसावट हुने हुँदा उपभोक्ताहरु ठगिएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालकि सचिव कुमारी खरेलले राज्यको संयन्त्रहरु सही रुपमा नचलेका कारणले बजार व्यवस्थित हुन नसकेको बताउछिन् ।

राज्यका निकायहरुका बीचमा समन्वय हुन नसक्दा पनि उपभोक्ता मारमा परेका उनको भनाई छ । बजार महंगिएको छ । चुल्हो बाल्न समस्या छ । तर, सरकार फेरबदल, अनेक गुनासा आउँदा पनि चासो कसैको छैन् । जहाँ सर्वसाधारण मारमा परेका छन् त्यहाँ राज्यका संयन्त्र पुग्दै पुग्दैनन् बरु बिचौलियासँग मिलेर लुट्ने काम गर्छन् भन्दा फरक पर्दैन । चाडपर्व नजिकिदै गर्दा चनाखो हुने होइन भने अझै जनताले महंगी खेप्नुपर्ने बाध्यता छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चुल्हो बाल्न नै धौ धौ, #संघीयता सबलीकरण, #सरोकारवाला निकाय

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं