सिन्धुली जिल्ला अस्पतालमा बिरामीलाई फलफुल बितरण
सिन्धुली । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवसमा आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाल बिद्यार्थी संघ सिन्धुलीको आयोजनामा पनि स्मृति दिवस मनाइएको छ । जिल्ला अस्पताल सिन्धुलीमा उपचारार्थ ३३ जना बिरामीलाई फलफुल बितरण गरिएको नेबिसंघ सिन्धुलीका सभापति भरत बिकले जानकारी दिए ।
नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेलको विशेष उपस्थिति तथा पार्टीका विभिन्न तहका पदाधिकारी, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख एबम प्रतिनिधिको उपस्थितिमा बिरामीलाई फलफुल बितरण गरिएको हो ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्