उपसभामुख राना निर्दोष भएको रास्वपाको स्पष्टीकरण, काण्डैकाण्डको चाङमाथि लडाउने गठबन्धनको चाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको आरोप लागेकी उपसभामुख इन्दिरा रानाको बचाउ गरेको छ । रानाले पदीय दुरुपयोग गरेको दाबी गर्दै सत्तारुढ नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका बेला रास्वपाले आइतबार बिहान विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेको हो ।
‘केही समयअघि उक्त विषय (रानाविरुद्धको आरोप) बारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन’, रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो कुराकानी पनि पार्टीसँग सुरक्षित रहेको उनले उल्लेख गरेका छन् । रास्वपाले धेरै राजनीतिक दलका नेताहरूले भिसाका लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको दाबी गर्दै यसलाई सामान्यीकरण गर्ने प्रयास पनि गरेको छ । तर, उपसभामुख रानाका विषयमा निष्पक्ष छानबिनका लागि आफू तयार रहेको पनि उसले बताएको छ ।
रास्वपाले निष्कलंक छविकै कारण रानालाई सांसद र उपसभामुखको उम्मेदवार बनाएको दाबी पनि रास्वपाले गरेको छ । साथै हाल उनी पार्टीबाट अलग रहेको स्पष्टीकरण पनि रास्वपाले दिएको छ । पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चारमाध्यमहरूमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएका सूचना सामग्रीहरूजस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन ।’ बरु यो ‘मध्यरातमा ठडिएको कांग्रेस–एमाले गठबन्धनले रास्वपाको छवि धूमिल पार्न रचेको षड्यन्त्र भएको दाबी विज्ञप्तिमा गरिएको छ ।
यसविरुद्ध सचेत रहन पार्टीका सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई रास्वपाले आग्रह पनि गरेको छ। समग्र पार्टी परिवार तथा शुभेच्छुकहरूलाई काण्डैकाण्डको चाङमाथि लडाउने मध्यरातमा ठडिएको गठबन्धनका आगामी चालहरूप्रति सचेत रहन सम्पूर्ण पार्टी परिवार तथा शुभचिन्तकहरूलाई उसले आग्रह गरेको छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपसभामुख इन्दिरा राना, #रानाविरुद्धको आरोप, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्