शिक्षामन्त्रीको स्पष्टीकरणः मेरो श्रीमान पोल्याण्डका नागरिक हुन तर, मैले नागरिकता लिएको छैन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन् । युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो ।
त्यसबारे स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा भिडियो राखेकी उनले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको बताइन् । आफ्नो श्रीमान पोल्याण्डको नागरिक भएको, तर आफूले त्यहाँको पनि नागरिकता नलिएको उनले बताइन् ।
मन्त्री श्रेष्ठले भनेकी छन्, त्यसको प्रक्रिया समेत थाहा थिएन ।’ सतर्कता केन्द्रको पत्रपछि आफूले प्रक्रिया बुझ्दा स्थायी आवास अनुमति दिनुपर्ने र केही वर्ष बसेपछि मात्र नागरिकताका लागि आवदेन दिन पाउने व्यवस्था रहेको थाहा पाएको भन्दै उनले भनेकी छन्, ‘म शिक्षामन्त्री भएको करिव १२० दिन भयो । त्यो भन्दा पनि कम समय पोल्याण्ड बसेको छु ।’
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नागरिकता नलिएको, #विज्ञान तथा प्रविधिमन्त्री, #शिक्षा, #सुमना श्रेष्ठ
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्