शिक्षामन्त्रीको स्पष्टीकरणः मेरो श्रीमान पोल्याण्डका नागरिक हुन तर, मैले नागरिकता लिएको छैन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन् । युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो ।
त्यसबारे स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा भिडियो राखेकी उनले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको बताइन् । आफ्नो श्रीमान पोल्याण्डको नागरिक भएको, तर आफूले त्यहाँको पनि नागरिकता नलिएको उनले बताइन् ।
मन्त्री श्रेष्ठले भनेकी छन्, त्यसको प्रक्रिया समेत थाहा थिएन ।’ सतर्कता केन्द्रको पत्रपछि आफूले प्रक्रिया बुझ्दा स्थायी आवास अनुमति दिनुपर्ने र केही वर्ष बसेपछि मात्र नागरिकताका लागि आवदेन दिन पाउने व्यवस्था रहेको थाहा पाएको भन्दै उनले भनेकी छन्, ‘म शिक्षामन्त्री भएको करिव १२० दिन भयो । त्यो भन्दा पनि कम समय पोल्याण्ड बसेको छु ।’
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नागरिकता नलिएको, #विज्ञान तथा प्रविधिमन्त्री, #शिक्षा, #सुमना श्रेष्ठ
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्